मानव अधिकार सन्जाल नेपालगन्जको नियमित बैठक सम्पन्न भएको छ । सो बैठकले नेपालगन्जमा हुन लागेको प्रदेश स्तरीय दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल पार्नकोलागि फातिमा फाउण्डेशन नेपालको संयोजकत्वमा मुल समित समेत गठन गरिएको छ ।
महासभा यही डिसेम्बर महिनाको पहिलो हप्ता हुने भएको छ । उपसंयोजकमा जिल्ला अदालत नेपाल वार एसोसियसन र उच्च अदालत बार एसोसियसन र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) रहेका छन् । त्यसै गरि सदस्यहरुमा ईन्सेक, सिविन, हिमराईट्स, फियान नेपाल, द्धन्द्ध पीडित तथा एकल महिला सन्जाल, न्यायकोलागि द्धन्द्ध पीडित समाज र नेपाल पत्रकार महासंघ रहेका छन् ।
यसैबिच १० डिसेम्बरमा भजन चौधरीको स्मृति दिवस मनाउने ईन्सेकले जानकारी दिएको छ । सोही कार्यक्रममा हाल चलिरहेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न सामाजिक संस्थाहरुले आ-आफना सचेतनामुुलक कार्यक्रम गरिरहेका जानकारी गराएका थिए । त्यसै गरि ९ डिसेम्बरमा अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवश स्थानीय तहसंग सहकार्य गरि भब्यताका साथ मनाइने सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) का अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले जानकारी दिए ।
१० मंसिर २०७५, सोमबार १८:०६ प्रकाशित