चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । अधिकांशले यो परिकार मन पनि पराउँछन् । घर-घरमा पाक्ने खसीको खुट्टाको सुप आ-आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । तरिका सजिलो पनि छ । सेफ शम्भु कार्कीले पकाउने तरिकाबारे जानकारी दिएका छन् स्खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । यसलाई त्यत्तिकै खाने चलन छ । आफ्नै घरमा सजिलै बनाउन सकिने यो परिकार बुढाबुढी तथा बिरामीका लागि पनि उपयोगी हुन्छ । भातसँग पनि खान सकिन्छ ।
बनाउने विधिस्आगोमा कुकर बसाल्नुहोस् र बटर राख्नुहोस् । बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् । खसीको खुट्टा राख्नुहोस् । भुट्न नछोड्नुहोस् । थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् । तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् । दुई-तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस् । स्वाद अनुसार नुन राखिदिनुहोस् । यसमा अन्य मसला जाँदैन । अब कुकरको बिर्को बन्द गरेर तीन-चार सिट्ठी लगाइदिनुहोस् । आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस् । अब कुकरबाट निकालेर खसीको खुट्टाको सुप खानका लागि तयार भयो ।
२६ कार्तिक २०७५, सोमबार १४:०३ प्रकाशित