नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवं युवा नेता मणी थापाले खेल मार्फत देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजान युवाहरु कम्मर कसेर लाग्नुपर्ने बताएका छन । प्युठानको गणतान्त्रिक खेल मैदानमा शुक्रबार आयोजित दोस्रो महेश स्मृति क्रीकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले भने भौतिक विकासले मात्र देश समृद्ध हुन नसक्ने भएकाले खेल, कलासंस्कृति, संगित, नृत्य साहित्य लाई समेत देश बिकास र समृद्धिसंग जोडेर लैजानुपर्ने बताए । खेलका कारण नेपालले बिश्वसामु अाफ्नाे पहिचान स्थापित गराउन सफल भएकाे बताउँदै मन्त्री थापाले खेल क्षेत्रकाे विकासकालागि सबै आ-आफ्नो ठाउँ बाट लाग्नुपर्ने र त्यसको लागि सरकारले लगानिको बाताबरण सृजना गर्नुपर्नेमा जोड दिए। प्युठान जिल्ला खेलकुदका क्षेत्रमा निकै राम्रो सम्भावना भएकोले यहाँका स्थानीय सरकारले खेलकुदमा ढुक्क भएर लगानी गर्न सुझाव दिएका छन ।
विशिष्ट अतिथि एवं प्रदेश नं. ५ का प्रदेश सांसद कृष्णध्यवज खड्काले खेलकुद मार्फत युवाहरुलाई सकारात्मक सोँचको विकाससंगै उनिहरुको जीवन शैलीमा समेत सुधार ल्याउन सकिने भन्दै खेलकुदका क्षेत्रमा राज्यले प्राथमिकता दिएर लगाउनी बढाउनुपर्ने बताए । उनले भने “खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा खेलाडिको भबिष्य भएकोले खेल प्रेमि यो क्षेत्रमा लाग्नुपर्ने र खेलकुदको बिकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्नुपर्छ ।”
अखिल क्रान्तिकारी र अनेरास्वयु जिल्ला कमिटि प्यूठानको आयोजनामा दोस्रो स्व. महेश स्मृति खुल्ला क्रिकेट प्रतियोगितामा विभिन्न जिल्लाका गरी २७ टिम सहभागि भएको क्रिकेट प्रतियोगीतामा दाङ, अर्घाखाँची, रोल्पा लगायतका जिल्लाहरु प्रतिस्पर्दाको लागि मैदानमा भिड्ने छ्न । प्यूठान जिल्लाका स्थानीय तहबाट २१ टिमका खेलाडीहरूले खेल मैदानमा भाग लिएको आयोजकले जानकारी दिएको छ ।
गणतान्त्रिक खेलमैदानमा भएको प्रतियोगितामा प्रथम हासिल गर्ने टिमलाई ५० हजार नगद र द्धितिय स्थानमा आउने टिमलाई ट्रफीका साथ २० हजार नगद राशीको पुरष्कार प्रदान गरिने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुमन श्रेष्ठले बताए ।
अखिल क्रान्तिकारी जिल्ला कमिटि प्यूठानका अध्यक्ष पुस्कर शर्माको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा अखिल क्रान्तिकारी महासचिव उत्तम अधिकारी, उपमहासचिव मिलन एम।सी, अनेरास्वयु सचिव आरसी लामिछाने लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन जेवी क्षेत्रीले गरेका थिए । कार्यक्रमका जनवादी कलाकार विहानी विक र झन्कार बुढाको संस्कृतिक प्रस्तुति समेत रहेको थियो ।
अखिल क्रान्तिकारीका जिल्ला कमिटि सदस्य एवं खेलप्रेमी महेश वि.क.को ५ वर्ष अधि कार दुर्घटनामा परि मृत्यु भएपछि उनैको सम्झनामा यो प्रतियोगिता दोस्रो पटक आयोजना गरिएको हो । प्यूठान नगरपालिका ३ निवासी स्वर्गिय महेश बि.क. को २०७० साल मंसिर ६ गते चेरनेटामा कार दुर्घटना भए निधन भएको थियो ।
आज शुक्रबाट दाङ भालुवाङ र घोराहीको टिमको बिच खेल रहेको छ ।
१७ कार्तिक २०७५, शनिबार १२:५० प्रकाशित