सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्षका साथ नयाँ एक सय पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषित कार्यक्रममार्फत् नेपालको पर्यटन प्रवर्द्धनकोलागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न एक सय नयाँ गन्तव्यहरु सार्वजनिक गरेको हो । यस अघि मन्त्रालयले पर्यटन बोर्डसंग आफ्नो क्षेत्रमा रहेका गन्तव्यहरुको प्रचार प्रसार र प्रवर्द्धनका लागि तथ्याङ्क मागेको थियो ।
सरकारले घोष्णा गरेका सय पर्यटकीय गन्तब्यहरुमा बाँकेको बाँके राष्ट्रि निकुन्त्र, वागेश्वरी मन्दीर र गाभर भ्याली होम स्टे समेत सहभागी छन । त्यसैगरी बाँकेकै डुडुवा गाँउपालिकामा रहेको कम्मर शाह मजार धार्मिक स्थललाई नयाँ तथा विकास गरिनुपर्ने गन्तब्यमा समावेश गरिएको छ ।
सरकारले घोषण गरेका एक सय नयाँ पर्यटकीय गन्तव्य (सूचीसहित हेर्नुहोस्)
१६ कार्तिक २०७५, शुक्रबार १६:३१ प्रकाशित