जागिर जाने भएपछि ३२ हजार कर्मचारी सडकमा
  • काँचुली खबर

काठमाडौ – सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुन आन्दोलनमा उत्रिएका छन् । सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबार केन्द्रित आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिएका थिए । नयाँ संरचना अनुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चार घण्टा धर्ना दिँदै आएका छन ।
आफुहरुलाई स्थायी प्रकृयामा लैजानुपर्ने, स्थायी प्रकृया पुगेका ज्यालादारी कर्मचारीलाई उचित रकम उपलव्ध गराउनुपर्ने माग उनीहरुले गरेका छन् । नेपाल समाचारपत्र दैनिका खबर छापिएको छ ।

  • १५ कार्तिक २०७५, बिहीबार १०:२५ प्रकाशित
  • Nabintech