हिजोआज कतिपय महिलावादी लेखिकाहरू यति साह्रो गरी प्रस्तुत भएका छन् कि यो यौन ईच्छा भन्ने चिज पुरुषलाई मात्र हुने हो । महिलालाई
यसको कुनै चाहना, ईच्छाको त परै रहोस् कल्पनासम्म हुँदैन । बिहे गरेका र बच्चा पाइदिएका केवल पुरुषको तृष्णा मेट्न मात्र हो आदि, इत्यादि ।
यस्ता लेखहरू पढी रहँदा मस्तिष्कमा केही वर्षअघि पढेको पुस्तकको एउटा कथाको याद आउँछ । नामचाहिँ बिर्सें लेखक विश्वविख्यात लेखिका तसलिमा नसरिन हुन् । उनको एउटा कथा ‘पुरुषसँगको पहिलो रात’ पढेपछि उनीप्रतिको मेरो धारणा फेरिएको थियो ।
उनले सो पुस्तकमा माथि भनिएजस्तै यौन ईच्छा भनेको पुरुषलाई मात्र हुने हो जसरी प्रस्तुत गरेकी छन् । ‘उसले पल्टायो म पल्टिदिएँ । उसले सुम्सुमायो मैले सही दिएँ’ यस्तै, यस्तै । सबै लेखिका उस्तै हुन्छन् भन्न खोजिएको पनि होइन । निकै वर्ष भएकाले नाम र पुस्तकको नाम चाहिँ बिर्सें तर उनी महिला नै हुन् ।
उनले जसरी खुलस्त हुनेगरी लेखेको हिजोआज पढ्न पाइएको छैन । उनले लेखेको एउटा कथाको केही अंश यस्तो थियो, ‘म भर्खर १५/१६ की भएकाले मेरा मनमा विभिन्न खालका यौन जिज्ञासा, कूतुहलता थिए । दाजु र भाउजू नवविवाहिता जोडी भएकाले उनीहरूको यौन क्रियाकलाप हेर्ने ममा उत्सुकता थियो ।
एक दिन दाजु खाना खाएर अफिस जान तयार हुनका लागि कोठाभित्र पसे । भाउजू पनि सँगै पसिन् भित्रबाट ढोका ढ्याम्म लागेपछि म हत्त न पत्त दाजु भाउजूको ढोकामा चालमार्दै चियाउन थाले ।
दाजुले पाइन्ट, सर्ट लगाए, भाउजूले दराजबाट कोट निकालेर दाजुको पछाडिबाट के लगाइदिन लागेकी थिइन् दाजु फनक्क फर्केर भाउजूको कम्मरमा समाते । झट्ट ओछ्यानमा पल्टाए अनि.. । ‘भाउजूको अनुहारको रंग फेरिएर गुलाबी हुँदै थियो, दाजु लुगा मिलाउँदै बाहिर निस्के ।’
उनले लेखेकी थिइन् अधिकांश नेपाली महिलाको नियति यही हो ।
यसरी हेर्दा यौन ईच्छा पुरुषको मात्र हुने भन्नु स्वाभाविक हुन्छ । किनभने, जहाँ महिलाको यौन ईच्छाको कुनै कदर हुँदैन । उनीहरूले आफूलाई चाहेको वेला केही गर्न सक्दैनन् ।
केवल पुरुषको यौन ईच्छा पूरा गरी दिने र बच्चा जन्माउने मेसिन बनिदिने नियति भोग्न र जीवनभर यौन अतृप्तिको कुण्ठा पाल्नु बाहेक । तर, यौन ईच्छा पुरुषको मात्र हुन्न भन्ने खालका अभिव्यक्ति त त्यस्तै कुण्ठित भावनाका उपज हुन् ।
एक-दुई सन्तानकी आमा भएर यौन कुण्ठा नहुने भन्ने हुँदो रहेनछ भन्ने कतिपय उदाहरण आफैँले देखेका, भोगेका र सुनेका छन् । हाम्रो समाजमा अरू
धेरैले देखेको, भोगेको वा सुनेको हुनुपर्छ भन्ने ठान्छु । उदाहरण एकः एक छोरीकी आमाले भनिन् ‘कसलाई भनौँ, मलाई पतिले सम्भोग गरिसकेपछि पनि यौन ईच्छा भइरहन्छ, लाग्छ अर्को एक युवा थपिए अघाउँथेँ कि ?’ उनी भन्थिन, ‘फलानो केटा नजिक आउँदा शरीरै कस्तोकस्तो हुन्छ । नजिक आएर बोले त्यसै लठ्ठिन्छु ।’ उदाहरण दुई : गाउँको एउटा परिवार जहाँ अरू वेला पनि गइरहन्थेँ । त्यस दिन घरमा अरू कोही रहेनछन् ।
घरकी मूली एकतलामाथिको कोठामा आराम गरिरहेकी रहिछन् । बोलाएपछि उनले माथि आउन भनिन् । माथि गएपछि उनले आफ्नै व्यथा सुनाउन थालिन । ‘तिम्रा… तिमीजस्ता कहाँ छन् र ? मलाई त हेर्दै हेर्दैनन् । घुँडामाथि छेस्को बिझेर पीडा भएको कतिदिन भयो सुन्दै सुन्दैनन् ।’
यतिभन्दै उनले लगाएको लुगा सारेर कट्टीसम्म पुर्याइन् । त्यहाँ कतै छेस्कोको निसान हुनुको त परै जाओस् खतसमेत थिएन । उनको एक छोरा र एक छोरी हुर्किसकेका थिए । उदाहरण तीनः एक गरिब परिवारकी महिला तर अति धार्मिक । बिहानै उठेर नुहाई, धुहाई पूजापाठ गर्ने र सकिएपछि पतिलाई खुट्टामा ढोगेर घरधन्दामा लाग्ने उनको दैनिकी थियो ।
एकजना वयस्कले उसँग सम्भोग गरेको कुरा सुनाएको त थियो तर मलाई ती महिलाको व्यवहारले विश्वासै गर्न दिएन । एक साँझ बसमा एकै सिटमा यात्रा गर्दा भने पत्याउन करै लाग्यो । त्यो यात्रापछि एकान्तमा पायो कि उनको हात मेरो गुप्तांगमा पुगिहाल्थ्यो । देशभरिबाट एकपछि अर्को दर्दनाक बलात्कारका समाचार आइरहँदा कतिपय महिलाका अस्वभाविक अभिव्यक्ति पनि पाच्य भएका हुन् ।
वयस्क मानिसमा जाग्ने यौन ईच्छासँग बलात्कारको त्यति धेरै सम्बन्ध छैन । दोष त यी सबै कुरामा समाजको हुन्छ । समाज राज्य व्यवस्थाद्वारा नियन्त्रित र निर्देशित हुने भएकाले अन्त्यमा दोष राज्यको हुन्छ । एक दार्शनिकले भन्थे, ‘छोराछोरी बिग्रे, बाबुआमाको दोष । बाबुआमा नै बिग्रे समाजको दोष र समाज नै बिग्रे, व्यवस्थाको दोष ।’
पञ्चायतकालमा यो भनाइ निकै चर्चित भयो । तर, यो भनाइ कालजयी रहेको छ । हाम्रो समाजमा यसरी महिलाले पतिसँगै सधैँ सुत्दाबस्दा पनि यौन कुण्ठा भने पालिरहनुपर्ने । अनि बालिकादेखि वृद्धा बलात्कृत भएका समाचार आइरहने कुरामा समाज र राज्य पानीमाथिको ओभानो हुन सक्दैन ।
कडा दण्ड सजायको व्यवस्था ले मात्र यस्ता कुरा नियन्त्रित हुँदैनन् । मुल कुरा हाम्रो समाजमा यौनको विषयलाई लज्जासँग जोडिएकाले समस्या भएको हो । टेबुलमाथिबाटै हाकाहाकी भ्रष्टाचार गर्दा, कसैलाई हत्या गर्दा, अरूलाई हानीनोसानी पुर्याउने काम देखादेखि गर्दा लज्जा नहुने ।
तर, मानिसको दैनिक जीवनसँग सम्बन्धित, प्रजनन् क्रियासँग सम्बन्धित, सृष्टिसँग सम्बन्धित कुरा गर्दा लज्जा हुने कुराले यौनका विषयलाई रहस्यमय बनाइ दिएको छ । यौनसँग सम्बन्धित विषय आफ्ना परिवारमा छलफल हुने, पाठ्यक्रममा राखिने र समाजमा खुलेरै कुरा गर्न हिच्किचाहट नहुने हो भने यस्ता समस्या रहँदैनन् र आउँदैनन् पनि ।
शारीरिक सम्पर्कको अर्को नाम ‘सम्भोग’ पनि हो । शारीरिक सम्पर्क वा अंग्रेजीमा सेक्स भन्नुभन्दा ‘सम्भोग’ लेख्दा वा बोल्दा उपयुक्त हुन्छ । सम्भोग एउटा समास शब्द हो, यो ‘सम’ र ‘भोग’ दुई छुट्टा–छुट्टै शब्द जोडिएर बनेको शब्द हो । ‘सम’ को अर्थ बराबर हो भने ‘भोग’ को अर्थ उपयोग हुन्छ ।
यौन दुवै पक्षको सहभागितामा हुनुपर्ने अनिवार्यता गरियो भने र त्यसलाई लज्जाको विषय बनाइएन भने, न कुण्ठा रहन्छ न त बलात्कार नै हुन्छ । किनभने, बलात्कारमा त एक पक्ष मात्र सक्रिय हुने हो । अर्को पक्ष निरीह वा निष्क्रिय हुन्छ ।
‘सम्भोग’ लाई प्रवद्र्धन गर्ने खालका यसका मर्मलाई बुझाउने खालका विषय पाठ्यक्रममा राखिने, धर्म गुरुहरूले पौराणिक कालमा हाम्रा पुर्खाले न ‘शारीरिक सम्बन्ध’, न त ‘सेक्स’ भन्ने सुनेका थिए, त्यहाँ थियो त केवल सम्भोग भनेर प्रवचन दिन थाल्नुपर्छ । कुनै एक पक्षको विरोधमा वा निस्क्रियतामा सम्भोग त हुँदैन नै अपराध हुन्छ पाप हुन्छ भन्ने मान्यता स्थापित हुने हो भने यौनजन्य विकृति हराउनेछन् । अनि हाम्रा महिलावादीका डलर डकार्ने मुख पनि बन्द हुनेछन् ।
(सौर्यअनलाईनबाट)
२० आश्विन २०७५, शनिबार १७:११ प्रकाशित