१४ बैशाख २०८१, शुक्रबार
छोरी जन्माउनेलाई १० हजार भत्ता
  • काँचुली खबर

छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए प्रसौनी गाउँपालिकाले रु. १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको सोमबारको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र एक हजारका दरले मासिक भत्ता दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिए ।

छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको उपाध्यक्ष गीता शाहले बताइन् । उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेको हुँदा अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा पनि २० वर्ष उमेर पुगेपछि विवाह गराउन सुझाव दिएको छ । गाउँपालिकाको यो निर्णयलाई स्थानीयवासीले स्वागत गरेका छन् ।

  • २६ असार २०७५, मंगलवार ०७:२५ प्रकाशित
  • Nabintech