बाँकेमा जुवाडेहरु धमाधम पक्राउ पर्दै
  • काँचुली खबर

२५ असोज, नेपालगन्ज । बाँके प्रहरीले हरेक दिनजसो जुवाडेहरुलाई पक्राउ गर्न थालेको छ । तिहार पर्व नजिकिएसँगै जुवातासका गतिविधिहरु बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।

शनिबार बिहान बाँकेको खजुरा गाउँपालिका ४ डी गाउँमा बोईलर कुखुरा पालनका लागि बनाइएको टहरोमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना जुवाडे पक्राउ परेका छन् । बिहान २ बजेतिर जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक शिबा थापाको कमाण्डमा खटिएको टोलीले टहरोभित्र हारजित हुनेगरी तास खेलिरहेको सुराकी पाएपछि छापा मारेको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

छापा मार्ने क्रममा प्रहरीले जुवाखालबाट नगद ४७ हजार तीस रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका-५ का कृष्ण चौधरी, सोही गाउँपालिका-३ का शैलेन्द्र कुमार मिश्रा, ४ का गोपाल बुढा क्षेत्री र आशिष गुरुङ, तथा बढैयाताल गाउँपालिका-३ का राजेश गुरुङ रहेका छन् ।

यसअघि बिहिबार नेपालगन्ज उपमहानगरपालिका-४ बाईपास रोडमा विज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेस्टुरेन्टबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई १३ लाख रुपियाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका सबैलाई कानूनी कारबाही अघि बढाईएको छ ।

  • २५ आश्विन २०८२, शनिबार १४:३८ प्रकाशित
  • Nabintech