नेपालगन्जमा १३ लाखसहित हाइप्रोफाइल जुवाडे पक्राउ
  • काँचुली खबर

२३ असोज, नेपालगन्ज । बाँकेको नेपालगन्जमा जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जन बढी हाइप्रोफाइल जुवाडेहरु पक्राउ परेका छन ।

बाँके प्रहरीले नेपालगन्ज बसपार्क बाइपासस्थित रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट प्रहरीका वरिष्ठ सईसहित बाँकेका नेपालगन्ज र कोहलपुरका हाइप्रोफाइल जुवाडेहरुलाई १३ लाख रुपैयाँ सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट एसपी अंगुर जिसीको निर्देशनमा प्रहरी निरीक्षक यमबहादुर बुढामगरको कमाण्डमा गएको टोलीले बुधबार राति करिब साढे ११ बजे मौरी रेस्टुरेन्टको जुवाखालमा छापा हान्दै उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरीका अनुसार मौरी रेष्टुरेन्टबाट १३ लाख ६३ हजार आठ सय रुपैयाँ नगदसहित नेपालगन्ज र कोहलपुरका १४ जना जुवाडेलाई समातेको बाँके प्रहरी प्रमुख जिसीले बताए ।

बाँके प्रहरीका अनुसार गएराति ११:३० बजेको समयमा रेष्टुरेन्टको दोस्रो तलाको हलमा तास खेलिरहेका नेपालगन्जका गणेश बस्नेत, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मो. सफिक बेहना, संगम शाह, मधुसुधन दाहाल, मेघराज गौतम, रमेश शाही, कोहलपुरका भागीरथ यादव, नन्दलाल यादव, सुमन केसी र रेष्टुरेन्ट सञ्चालक विज्ञान श्रेष्ठ पक्राउ परेका हुन ।

जुवाखालबाट पक्राउ परेकाहरु कतिपय वर्षभरी जुवा खेलिरहने जुवाका नाइके समेत रहेको स्रोतको दाबी छ । कतिपय जुवा घटनामा पटक–पटक पक्राउ परेका ‘पटके’ जुवाडे समेत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै जुवाडेहरुलाई म्याद थप गरि अनुसन्धान अघि बढाइएको बताउँदै बाँके प्रहरी प्रमुख जिसीले पक्राउ परेकाहरुलाई कानून बमोजिम कारबाही हुने बताए ।

  • २३ आश्विन २०८२, बिहीबार १५:२० प्रकाशित
  • Nabintech