७ असोज, नेपालगन्ज । नेपाल पत्रकार महासंंघ लुम्बिनी प्रदेश सचीव गोरखापत्रकर्मी गोबिन्द शर्मालाई रिपोर्टिङका क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारीले गरेको दुर्ब्यबहार प्रति आपत्ति जनाईएको छ । जेनजीको आन्दोलन पछि पछिल्लो अवस्थाको बरेमा असोज ५ गते रिपोर्टिङकालाई जिल्ला प्रशासनमा कार्यालयको फोटो खिच्न अनुमती नलिएको भन्दै प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अस्वभाबिक ब्यवहार देखाएको भन्दै यहाँका पत्रकार, नागरीक समाज र मानवअधिकारकर्मीहरुले आपत्ति जनाएका हुन ।
मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै प्रमुख जिल्ला अधिकारीको ब्यबहारको निन्दा समेत गरीएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञप्तिमा भनिएको छ, “प्रशासन प्रमुखबाटै अभद्र व्यवहार हुनु निन्दनीय मात्र नभई नागरिकप्रति हुने व्यवहारको स्तर झल्काउने संकेत हो । पत्रकारलाई तिरस्कारपूर्ण व्यवहार गर्नु प्रेस स्वतन्त्रतामाथिको आघात हो।”
विज्ञप्ति मार्फत प्रशासन प्रमुखले तत्कालै आफ्नो अनुचित व्यवहारप्रति सार्वजनिक माफी माग्नुपर्ने माग गरिएको छ । साथै, भविष्यमा यस्ता गतिविधि दोहोरिए प्रेस समुदाय तथा नागरिक समाज चुप लागेर नबस्ने चेतावनी दिइएको छ ।
नेपाल पत्रकार महासंघ, एड्वोकेट्स, मानव अधिकार संगठन, समाजसेवी संस्था, प्रेस युनियन, प्रेस सेन्टर, सञ्चारकर्मीले संयुक्त बिज्ञप्ति जारि गरेका छन ।

७ आश्विन २०८२, मंगलवार १८:४४ प्रकाशित