४ असोज, नेपालगन्ज । नेपालगन्जमा खसी खरिद गर्ने विषयमा विवाद पछि कुटपिट हुँदा एक जनाको ज्यान गएको छ । नजिकको नाता पर्ने दुई जनाबिच भएको सामान्य विवाद चर्किंदा दुबै पक्षबिच कुटपिट भएपछि नेपालगन्ज ५ का जाबिर अहिल बेहनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खसी खरिद गर्दा भएको मामुली विवादले उग्र रुप लिएपछि दुबैपक्षबिच कुटपिट हुँदा गम्भीर घाइते भएका जाबिरलाई भेरी अस्पताल पुर्याईएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले सो घटनामा संलग्न रही कुटपिट गरेको आरोपमा मुस्ताक अलि बेहना, इसराक अलि बेहना, चांद बाबु बेहना र सेराज अलि बेहनालाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाईएको छ ।
उनले घट्नालाई सामान्य विवादले उग्र रुप लिँदाको परिणाम बताइएपनि प्रहरीले हरेक दृष्टिकोणबाट अनुसन्धान तथा जाँचबुझ गरिरहेको बताए ।
सो घटनामा मृत्यु भएका जाबिर अलि बेहनाका आफन्त अजमत अलि बेहनाले भनिन, “सुरुमा त मामुली विवाद मात्रै थियो । ढुंगा र घरायसी हतियार प्रहार भएपछि अवस्था नियन्त्रण बाहिर पुग्यो । हामी सबैले मिलाउन खोज्यौं, तर सकिएन ।”
नेपालगन्ज उपमहानगरपालिका-५ का वडा अध्यक्ष सराफत अलि शेषले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै विवाद मिलाउने धेरै प्रयास गरेपनि असफल भएको बताए । सो घटनापछि अहिले नेपालगन्ज ५ को बेहना टोलमा शोक छाएको छ । अधिकांश बेहना परिवार चिन्तित र दु:खी देखिन्छन् ।
४ आश्विन २०८२, शनिबार १३:४० प्रकाशित