३ असोज, बर्दिया । जेन-जी आन्दोलनका क्रममा मेयरको कुर्सीमा बसेर आफैलाई मेयर घोषणा गरेका एक युवा पक्राउ परेका छन्।
बर्दियाको गुलरिया नगरपालिकाको कार्यालयमा प्रवेश गरी नगरप्रमुखको कुर्सीमा बसेर ‘म अबदेखि नगरप्रमुख हुँ’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका गुलरिया नगरपालिका-६ का २६ वर्षीय इरफान मनिहारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
गत भदौ २४ गतेको आन्दोलनका क्रममा पालिकामा आगजनी, तोडफोड र लुटपाट भइरहेको बेला उनले नगर प्रमुखको कुर्सीमा बसेर सामाजिक सञ्जालमा उक्त पोस्ट गरेका थिए ।
हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
३ आश्विन २०८२, शुक्रबार १५:०९ प्रकाशित