१८ मंसिर, कोहलपुर । पानी परेपछि बाँकेमा चिसो बढेको छ । सोमबार बिहानैदेखी परेको पानीका कारण बाँकेसहित तराईका जिल्लाहरुमा चिसो बढेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा भारतीय राज्य उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। नेपालका पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आइतबार रातिदेखि नै हिमपात भएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मनाङ, मुस्ताङ र हुम्ला जिल्लामा आइतबार रातिदेखि हिमपात भएको हो। हिमपातका कारण जनजीवन प्रभावित भएको छ। मुस्ताङमा यो सिजनकै पहिलो हिमपात भएको हो।
हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ। भूकम्प प्रभावित कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिम जिल्लामा पनि चिसो बढेको छ। भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका भूकम्पपीडितको जनजीवन झन् कष्टकर बनेको छ।
१८ मंसिर २०८०, सोमबार १६:५४ प्रकाशित