१४ मंसिर, कोहलपुर । जाजरकोट र रुकुमका भुकम्प पिडितकालागि बाँकेको कोहलपुरबाट १२ कुन्टल तरकारी सहयोग स्वरुप पठाईएको छ । अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति बाँकेको पहलमा दैनिक रुपमा प्रयोग हुने तरकारी राहत स्वरुप भुकम्प प्रभावित क्षेत्रमा पठाइएको हो ।
कोहलपुर कृषिबजार समितिका ब्यापारीहरुले संयुक्त रुपमा हस्तान्तरण गरेको १२ कुन्टल तरकारीजन्य सामग्री लिएर आफ्नो टिम जाजरकोट हिडेको अनेरास्ववियु (क्रान्तिकारी) बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बस्नेतका अनुसार कोहलपुर कृषि बजारमा ब्यवसाय गर्दै आएका १२ जना ब्यवसायीहरुले संयुक्त रुपमा १७ बोरा आलु, ३ बोरा काउली, १ बोरा टमाटर, १ बोरा फर्सी, २ बोरा बन्दा, ३ पेटी स्याउ सहित खुर्सानी, अदुवा लगाएतका तरकारीजन्य खाद्यान्न उपलब्ध गराएका थिए । राहत सामग्री शुक्रबार बेलुकासम्म भुकम्प पिडितहरुलाई बितरण गर्ने तयारी गरीएको बस्नेतले जानकारी दिए ।

१४ मंसिर २०८०, बिहीबार १५:१९ प्रकाशित