९ असार, कोहलपुर । खजुरा गाउँ पालिकालेको १३ औं गाँउसभा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको गाँउसभाको पहिलो दिन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारीत गरीएको छ । पालिका अध्यक्ष डम्बरबहादुर बि.क. (तुफान) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
“हामी आफै बनाउ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा” भन्ने मुल नाराका साथ खजुराको बिकास, समृद्धिका लागिलागि विशेष गरि भौतिक तथा पुर्वाधार बिकास, शिक्षा स्वास्थ्य, कृषि, यूवा तथा खेलकुद, अनाथ बालबालिकाहरुको शिक्षा स्वास्थ्य तथा भरणपोषणको जिम्मा समेत स्थानीय सरकारले लिने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
त्यसैगरी निति तथा कार्यक्रममा भुमि व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । पालिका भित्र रहेका एलानी जग्गाको खोजि गरि स्थानीय सरकारको स्वामित्वमा राख्ने, भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरि स्थायित्व दिने उल्लेख गरीएको निति तथा कार्यक्रममा कृषि एम्बुलेन्स संचालनको योजना समेत समावेश गरीएको छ ।
गाउँ सभाको पहिलो दिन शुक्रबार निति तथा कार्यक्रम पारीत भईसकेकाले आईतबार बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको पालिका प्रमुख तथा गाँउसभाका सभाध्यक्ष डम्बरबहादुर बि.क. (तुफान) ले जानकारी दिएका छन ।
९ असार २०८०, शनिबार १४:५३ प्रकाशित