१३ बैशाख २०८१, बिहीबार
चार दिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
  • काँचुली खबर

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।

गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।

टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।

  • १७ जेष्ठ २०८०, बुधबार १३:५० प्रकाशित
  • Nabintech