८ बैशाख २०८१, शनिबार
काेहलपुर खानेपानिकाे अधिवेशन : ६ जना गार्ड राख्ने प्रस्ताव, कालाेसुचिमा परेकालाई सम्मान !
  • काँचुली खबर

३ जेष्ठ, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साधारणसभा काेहलपुरमा जारी छ । ८ वर्षपछि हुन लागेको साधारणसभा तथा अधिबेसनकाे पहिलाे दिन (मंगलबार) कार्यक्रम संचालनका दाैरानमा विवाद उत्पन्न भएपछि आज बिहान ११ बजेसम्मकाेलागि स्थगित गरीएकाे थियाे ।

साधारणसभा तथा अधिवेशन आज पुन: सुरू हुदैछ । उद्घाटन शत्रमा आफैले निम्ता दिएका अतिथीहरुले खानेपानीको बारे आलोचना गरेपछि संस्थाका सचिव प्रेम प्रसाद कटुवाल आक्राेशमा आएका थिए । कार्यक्रम संचालनकाे जिम्मेवारीमा रहेका सचिव कटुवालले अतिथिहरूलाई निर्देशनात्मक रूपमा ‘दिने भए शुभकामना दिनोस, हैन भने आफ्नो भनाई टुङग्याउनोस’ भन्दै ब्रिफिङ गर्न थालेपछि कार्यक्रमस्थल तनावपूर्ण बनेकाे थियाे । उनले अतिथीले बोलेपछि हरेक पटक ४,५ मिनेट ब्रिफिङ गर्ने शैलि अपनाएका थिए ।

सचिवको उक्त शैलि मन नपराएका उपभोक्ता र प्रतिनिधिहरुले बन्दशत्रमा सचिव कटुवालप्रति लक्षित गर्दै थुप्रै प्रश्न उठाएका थिए । खानेपानीका हाकिमलाई ‘तपाई अफिस आउनोस सबै कुराको सुनुवाई हुन्छ’ भन्दै सभाबाट बाहिरीएका सचिव कटुवालले आफुले कसैलाई नटेर्ने अभिब्यक्ती समेत दिएका थिए ।

साधारणसभामा उपस्थित आम उपभोक्ताहरुले अहिलेकाे समिति अबैध भएकाे भन्दै कार्य समितीले खाएको हालसम्मको बैठक भत्ता, बिभिन्न मर्मत संभारका नाममा लिएको भुक्तानि समेत स्पष्ट खुलाउनु पर्ने अडान लिएका थिए । खानेपानीका नाममा ब्रम्हलुट मच्चाएको, प्रतिनिधि छनौटमा सुचना बिना मानपरी तरीकाले प्रतिनिधि छनौट गरेको भन्दै बयोबृद्ध अध्यक्षलाई अब बिश्राम लिन समेत उपभोक्ताहरूले आग्रह गरेका थिए ।

अहिलेकाे समितिले आफुलाई मनपर्नेको ब्यक्तिलाई रातारात बढुवा गर्ने तर मन नपरेका तथा बिरोध गर्ने कर्मचारीलाई हटाउने तानाशाहि प्रवृत्ति अंगालेको भन्दै प्रतिनिधि तथा उपभोक्ताहरूले वर्तमान समिति उपभोक्तालाई पानी दिन भन्दा पनि कताबाट कमिसन आउछ भन्ने धाउन्नमा भन्दै बिराेध जनाएका थिए ।

यसअघि कालो सुचिमा राखेकाे भन्दै पत्रकार सम्मेलनमा आलोचना गरेका ब्यक्तिलाई साधारणसभाकाे अवसरमा संस्थाले सम्मान गरेर दाेहाेराे चरित्र देखाएकाे भन्दै वर्तमान समितिकाे आलाेचना समेत भएकाे छ । साधारणसभाकाे पहिलाे दिन ६ जना गार्ड राख्ने प्रस्ताव गरेका संस्थाका अध्यक्ष नर बहादुर मल्ललेले विगतमा संस्थाकाे नेतृत्वमाथी कालाेमाेसाे दल्ने कार्य भएकाले गार्डकाे आवश्यकता महशुस भएकाे तर्क राखेका थिए । उक्त प्रस्तावपछि अधिकाशं प्रतिनिधिहरूले नवसामन्तबादको उदय खानेपानीबाट हुनलागेकाे भन्दै यस्ता सामन्तबादको अबशेस जनताले तोड्ने भन्दै आक्राेश ब्यक्त गरेका थिए ।

कार्यक्रमकाे उदघाटन शत्रमा प्रमुख अतिथी तथा संघिय सांसद सुर्य प्रसाद ढकाल, कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्य तथा बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा पत्रकार, सुरक्षा निकाय तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिलाई आतिथ्यता ग्रहण गराईएकाे थिएन भने रिपोर्टिङकालागि पुगेका पत्रकारहरूकालागि बस्ने निश्चित दिर्घा समेत राखिएकाे थिएन ।

  • ३ जेष्ठ २०८०, बुधबार ०७:५४ प्रकाशित
  • Nabintech