१५ चैत्र २०८०, बिहीबार
शारीरिक रूपमा असक्त पत्रकारलाई स्कुटर हस्तान्तरण
  • काँचुली खबर

२४ बैशाख, नेपालगन्ज । शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका) पत्रकार मित्र मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिएको छ ।

लुम्बिनी प्रदेशका पू्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता तिलक शर्मा हिमालको हातबाट पत्रकारलाई स्कुटरको चाबी दिएर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री शर्माले विश्वासको खडेरी परेको वर्तमान समयमा विश्वास गरि शारीरिक अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन ।

सामाजिक अभियन्ता लोकराज जैसी ल‍ोकेशको पहलमा आर्थिक अभियान संचालन गरिएको कार्यक्रममा डा. रविन्द्र बासकोटी, डा. निस्ता श्रेष्ठ, सुनिल पोखरेलबाट रु. १ लाख ८० हजार सहयोग भएको र अरु सानोतिनो रकम अन्य दाताहरुबाट भएको अभियन्ता जैसीले बताए । अझै केही रकम ५४ हजार ७ सय २५ अपुग भएको हुदा सहयोगी दाता खोजिरहेको उनले बताए । पत्रकार महासंघ र प्रस काउन्सिल नेपाललाई समेत सहयोग गर्न भनेको उनले बताए ।

रु २ लाख १८ हजार ९ सय रुपैयाँ परेको उक्त स्कुटर पाएपछि प्रतिक्रिया दिदै पत्रकार कठायतले सबैलाई धन्यवाद दिदै निरन्तर पत्रकारितामा कलम चलाउने प्रतिवद्दता जनाए ।

नेपालगन्जमा ग्यारेज सञ्चालन गरेका सलमान राईले उक्त स्कुटरमा तीन पाङ्ग्रे बनाउन प्राविधिक सहयोग गरेको जैशीले बताए ।

  • २४ बैशाख २०८०, आईतवार ११:०४ प्रकाशित
  • Nabintech