१५ चैत्र २०८०, बिहीबार
पहिलो पटक समयमै सबै जिल्लामा पुगे नयाँ किताब
  • काँचुली खबर

१३ बैशाख, काठमाण्डौं । यस वर्ष नयाँ शैक्षिक सत्र सुरू हुँदै गर्दा समयमै७७ जिल्लामा पुस्तक पुगेको छ। मंगलबारसम्म देशभरका सबै जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

‘अलिअलि अपुग भएका जिल्लामा आगामी शुक्रबारसम्म पुस्तक पुगिसक्छ,ʼ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्धक अनिलकुमार झाले बताए । उनका अनुसार अब ५ लाख थान पुस्तक जाने अनुमान गरीएको छ ।

झाका अनुसार १ करोड ३५ लाख थान पुस्तक जिल्लामा पुगिसकेको छ । चालु शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान पुस्तक छापिएको थियो । शैक्षिक सत्र सुरू हुनुभन्दा अघि नै जिल्लामा पुस्तक पुगेको यो पहिलो पटक हो।

वैशाख १५ गतेसम्म भर्ना अभियान चलिरहेको प्रबन्धक झाले बताए ।

यसपटक पुस्तक छाप्ने मेसिन खरिद र जनशक्ति बढाइएका कारण समयमा पुस्तक जिल्लामा पुग्नसकेको उनको भनाइ छ।

  • १३ बैशाख २०८०, बुधबार १२:४७ प्रकाशित
  • Nabintech