१३ बैशाख २०८१, बिहीबार
अगैयामा बस दुर्घटना, दुई बालक सहित १३ जना घाईते
  • काँचुली खबर

११ बैशाख, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ अगैयामा बस दुर्घटना भएको छ । नेपालगन्जबाट दाङ तर्फ जादै गरेको भे१ख ३०३२ नम्बरको बस अगैयामा दुर्घटनामा परेको हो । बस दुर्घटना हुदा २ जना बालक सहित १३ जना घाईते भएका छन् ।

उक्त बसमा २५ जना यात्रु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बस तीब्र गतिमा रहेकोले अनियन्त्रीत भई दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी दुर्घटनाको कारण बारे थप अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • ११ बैशाख २०८०, सोमबार १६:२४ प्रकाशित
  • Nabintech