१२ बैशाख २०८१, बुधबार
संचारीका समुह बाँकेले मनायो २०औं स्थापना दिवस
  • काँचुली खबर

२९ चैत्र, कोहलपुर । संचारीका समुह बाँकेले २०औं स्थापना दिवस मनाएको छ । शाखा स्थापना भएको २० औं वसन्त पार भएको अवसरमा संचारीकाले बुधबार कोहलपुरमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम आयोजना गरेको थियो ।

उक्त अवसरमा संचारीका समुह बाँकेले तयार पारेको नयाँ वर्ष २०८० सालको क्यालेण्डर समेत बिमोचन गरीएको छ । कोहलपुर नगरपालिकाका कार्यबहाक मेयर संगिता सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्थापनाको २०औं वसन्त पार भएको उपलक्ष्यमा केक काटेर खुसी साटासाट गरीएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय बाँकेमा महिला पत्रकारहरुको सँख्यामा उल्लेख बृद्धि भएको प्रति खुसी ब्यक्त गर्दै ब्यवसायीक दक्षतामा ध्यान दिन आग्रह गरेका थिए । परिवार र पेशाको दोहोरो जिम्मेवारी बहन गर्नुपर्ने बाध्यताका कारण महिला पत्रकारहरु संचार क्षेत्रबाट पलायन हुने गरेको बताउँदै वक्ताहरुले अबका महिला पत्रकारलाई संचार क्षेत्रमै टिकाईराख्न प्रभावकारी रणनिति बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमु अतिथि तथा कोहलपुर नगरपालिकाका कार्यबहाक मेयर संगिता सुवेदीले महिला पत्रकारहरुलाई संगठित गर्न संचारीका समुहले खेलेको भुमिका उल्लेखनिय रहेको बताईन । उनले महिला पत्रकारहरुको ब्यवसायीक क्षमता र नेतृत्व विकासकालागि सहयोग गर्न स्थानिय सरकार प्रतिवद्ध रहेको जिकिर गरीन ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले पत्रकारीता क्षेत्रमा महिला पत्रकारहरुलाई टिकाउन सबै पक्षको भुमिका महत्वपूर्ण रहने बताए । उनले पालिकास्तरबाटै महिला पत्रकारहरु उत्पादन गर्नकालागि स्थानिय सरकारले विशेष भुमिका खेल्न सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । पत्रकार महासंघले नितिगत रुपमै जिल्ला, प्रदेश र केन्द्रको समितिमा अनिवार्य महिलाको सहभागीता शुनिश्चित गरेको भन्दै चौलागाईले त्यसको दायरा अझैं फराकिलो बनाउन महिला पत्रकारहरु आफै जागरुक हुनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, कोहलपुर नगरपालिका सामाजिक विकास समितीका संयोजक ईश्वरी विक, संचारीका समुह बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, अकोरावका केन्द्रिय सदस्य हेमन्त विक, प्रेस चौतारी लुम्बिनी प्रदेश उपाध्यक्ष लक्ष्मी तिमल्सेना, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख बिजय वर्मा, कोहलपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी, प्रेस चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराई, दलित पत्रकार संघ बाँकेका अध्यक्ष कबिन्द्र परियार, प्रेस सेन्टर कोहलपुर नगरका अध्यक्ष पुष्पराज हमाल लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

संचारीका समुह बाँकेका कार्यबहाक अध्यक्ष सरला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समुहकी महासचिव पवित्रा परियारले गरेकी थिईन ।

  • २९ चैत्र २०७९, बुधबार १८:४८ प्रकाशित
  • Nabintech