१३ बैशाख २०८१, बिहीबार
जानकीको बकसपुरमा आगलागी हुँदा दुई घर जलेर नष्ट
  • काँचुली खबर

२७ चैत्र, नेपालगन्ज । बाँकेको जानकी गाँउपालिका वडा नं. ५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । सोमबार दिउँसोको समयमा एक्कासी आगलागी भएको बताइन्छ ।

आगलगीले बस्तीका चार घरमा पुर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामन्य क्षति भएको छ । यस्तै दुई वटा बाख्रा र केही कुखुरा समेत आगोमै जलेका छन् । दिउँसोदेखि शुरु भएको आगलागी करिब पाँच घण्टापछि चार बजेको करिबमा नियन्त्रणमा आएको थियो । फालिएको आगोको खरानीका कारण बस्तीमा आगलागी भएको वडा नं. ५ का वडाअध्यक्ष एवं प्रवक्ता टिकानाथ यादवले बताए ।

आगलागी नियन्त्रणमा आएसगै विस्थापित घरपरिवारलाई २५ केजी चामल, अरहरको दाल ५ केजी, २ प्याकेट नुन, सनफलावर तेल ५ लिटर, आलु १० केजी, बेसार, खुर्सानी एक एक प्याकेट, त्रिपाल एक एक थान, भुजा १ प्याकेट र चिनी १ केजी राहत स्वरुप बितरण गरिएको छ । आगलगी घटनाबाट आफु मर्माहत भएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । घट्नास्थलमा पुग्नुका अध्यक्ष खाँले पालिकाबाट हुनसक्ने सम्पुर्ण सहयोग गर्ने आश्वासन दिए ।

कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिका गएको सहित तीन वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

  • २७ चैत्र २०७९, सोमबार २२:०० प्रकाशित
  • Nabintech