६ चैत्र २०८०, मंगलवार
चौराह क्षेत्र आसपासका सुकेका रुख हटाइयो
  • काँचुली खबर

६ चैत्र, कोहलपुर । कोहलपुर चौराह क्षेत्र आसपास रहेका सुकेका रुखहरु व्यवस्थापन गरिएको छ । कोहलपुर नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालय र सडक कार्यालयले चौराह क्षेत्रमा रहेका सुकेका रुख हटाएको हो ।

सुकेका रुखका कारण पैदलायात्रुलाई जोखिम बढ्दै गएपछि त्यसको ब्यवस्थापन गरीएको कोहलपुर नगरपालिकाले जनाएको छ । हावाहुरी चल्ने मौसम भएकाले सुकेका रुखका हांगाहरु भाँचिने र रुखै समेत ढल्ने जोखिम भएकाले नगरपालिकाले वन र सडक कार्यालयलाई ती रुखहरु हटाइदिन आग्रह गरेको थियो ।

कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले गर्मीयाममा हावाहुरी चल्ने र सुकेका रुखका हाँगा खस्ने तथा भाँचिने र मानवीय क्षतीको जोखिम हुने भएकाले नगरपालिकाको आग्रहमा हटाइएको जानकारी दिए । सिसम, साल र खयरका करिब २९ वटा रुखहरु हटाइएको हो ।

  • ६ चैत्र २०७९, सोमबार १५:०९ प्रकाशित
  • Nabintech