१३ बैशाख २०८१, बिहीबार
कोहलपुरमा फागुन ५ गतेदेखी ‘प्रादेशिक महोत्सव’
  • काँचुली खबर

२० माघ, कोहलपुर । बाँकेको कोहलपुरमा फागुन ५ गतेदेखी महोत्सव संचालन हुने भएको छ । कोरोना महामारीपछि कोहलपुर उद्योग वाणिज्य संघले पहिलो पटक ‘लुम्बिनी प्रादेशिक महोत्सव २०७९’ संचालन गर्न लागेको हो ।

महोत्सव आगामी फागुन ५ गतेदेखि १५ गतेसम्म कोहलपुरको खुल्ला मैदानमा हुने आयोजकले जनाएको छ ।

हाल महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक मूल समारोह समिति संयोजक एवं कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले जानकारी दिए । वाणिज्य संघको भवन निर्माणार्थ संचालन गर्न लागिएको महोत्सवमा २ सय ५० बढी स्टलहरु रहने र करिब तिन लाख बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

महोत्सवमा स्थानिय कला, संस्कृतीका साथै स्थानिय उत्पादनलाई प्राथमिकतामा राखिएको संयोजक पौडेलले बताए ।

  • २० माघ २०७९, शुक्रबार १९:५२ प्रकाशित
  • Nabintech