१६ चैत्र २०८०, शुक्रबार
नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ३५८ जनाले पाए नयाँ दृष्टि
  • काँचुली खबर

१२ माघ, बुटवल । कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनाले नयाँ दृष्टि पाएका छन । नेत्रज्योति संघ, अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जलले आँखा शिबिर मार्फत ३५८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरेको हो । कपिलबस्तु जिल्लाका बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकासंगको सहकार्यमा छुट्टाछुट्टै शिबिर सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोहि पनि अन्धोपनमा जिवन विताउन नपरोस भन्ने हेतुले पछिल्लो समय हुनेसंग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकारसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ । जस अन्तर्गत नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरजंग अन्तरगत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा कपिलबस्तुका दुईवटा स्थानिय तहमा नि:शुल्क आँखा शिविर सम्पन्न भएका हुन् ।

माघ ६ र ७ गते शिवराज नगरपालिकामा सञ्चालन गरिएको शिविरमा १५६ जनाको मोतिविन्दुको नि:शुल्क शल्यक्रिया गरिएको थियो भने एक हजार ७४ जनाको आँखाको परीक्षण गरिएको थियो ।

त्यस्तै बुद्धभूमि नगरपालिमा माघ ९ र १० गते सञ्चालित शिविरमा २०२ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने १ हजार २९४ जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए । घर आगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि स्थानीयहरुले खुसी समेत व्यक्त गरेका थिए ।

ती शिविरहरुमा अस्पतालकी चिफ मेडिकल डाइरेक्टरं, आँखा रोग विशेषज्ञ डा। सुलक्ष्मी कटुवाल नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । उक्त २ वटै शिविरमा गरेर ७२२ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको छ । हेल्पिङ ह्यान्ड इन्टरनेशनलको आर्थिक सहयोगमा दृष्टि दोष न्युनिकरणका लागि उक्त चस्मा वितरण गरिएको हो ।

४० वर्ष नाघेका लाई कामकाज गर्दा दृष्टि सम्बन्धी आउने समस्या लाई मध्यनजर गर्दै त्यसलाई न्यूनिकरणका लागी नि:शूल्क चस्मा वितरण गरिएको हो ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

  • १२ माघ २०७९, बिहीबार २१:३२ प्रकाशित
  • Nabintech