११ बैशाख २०८१, मंगलवार
अटो दुर्घटना हुँदा २ जनाको मृत्यु
  • काँचुली खबर

२१ पुस, सुर्खेत । कर्णाली राजमार्ग अन्तरगत जुम्लाको तिला-३ त्रिवेणीमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यमबहादुर बुढामगरका अनुसार जुम्लाबाट नाग्म जाँदै गरेको क१स ११ नम्बरको अटो दुर्घटनामा परि पुरन सार्की र आकाश थापाको मृत्यु भएको छ ।

जुम्ला तातोपानी १ निवासी २९ वर्षीय पुरन सार्कीको घटनास्थलमै र तिला ३ थापा गाउँका २० वर्षीय आकाश थापाको अस्पतालमा उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनले बताए ।

पाउरोटी ओसार पसार गर्दै आएको अटो अटो कर्णाली राजमार्गबाट १५ मिटर तल तिला नदीको छेउमा खसेको थियो ।

  • २१ पुष २०७९, बिहीबार १९:०७ प्रकाशित
  • Nabintech