४ बैशाख २०८१, मंगलवार
संविधानको रक्षा, देशको विकास र स्थायित्वका लागि गठबन्धनले जित्नैपर्छ : पुन
  • काँचुली खबर

कात्तिक ६, कोहलपुर । नेकपा (माओवमदी केन्द्र)का केन्द्रीय सदस्य पार्वती पुन (उषा) ले गठबन्धनको मर्मअनुसार सबै दलहरु चुनावी अभियानमा लाग्नुपर्ने बताएकी छन । संविधान बचाउने र मास्नेबीचको लडाई भएकाले गठबन्धनलाई केटाकेटीको खेलजस्तो नसम्झन उनले आग्रह गरीन ।

आईतबार बाँके निर्वाचन क्षेत्र नं. १ (ख) अन्र्तगत कोहलपुर नगरपालिका वडा नं. २ मा बाम-लोकतान्त्रिक गठबन्धनकाे संयुक्त निर्वाचन परिचालन तथा सम्पर्क कार्यालयकाे उद्घाटन गर्दै पुनले भनिन, ‘संविधानको रक्षा, देशको विकास र स्थायित्वका लागि गठबन्धन अपरिहार्य छ ।’

विगतका ठुला–ठुला राजनीतिक परिवर्तनकालागि विभिन्न दलहरुका बीचमा सहकार्य भएको स्मरण गर्दै पुनले एकमन एकताकासाथ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरीन ।

कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र कुमार शाह, नेकपा माओवादी केन्द्रका वडा नं. २ का अध्यक्ष अमर विक र बाम गठबन्धनका संयुक्त निर्वाचन परिचालन कमिटि वडा नं. २ का संयोजक यज्ञ महराले बाम-लोकतान्त्रिक गठबन्धन सत्ता र शक्ति आर्जनका लागि नभएर संविधान पूर्ण रूपमा कार्यान्वयन गर्न र लोकतन्त्रलाई संस्थागत गर्नका लागि अपरिहार्य भएकाले एक ढिक्का भएर लाग्न सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा गठबन्धनको तर्फबाट क्षेत्र नं. १ (ख) का उम्मेदवार फुलाराम थारु र समानुपाति उम्मेदवार विष्णु चौधरी कार्यक्रममा उपस्थित रहेको थियो ।

  • ६ कार्तिक २०७९, आईतवार २०:३७ प्रकाशित
  • Nabintech