१२ आश्विन २०७९, बुधबार
बाँके क्षेत्र नम्बर १ बाट खेलकुदमन्त्री ‘अथक’ को नाम सिफारिस
  • काँचुली खबर

भाद्र २७, कोहलपुर । आसन्न संघिय निर्वाचनकालागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारीस भएका छन । नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो । मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

हाल युवा तथा खेलकुद मन्त्री रहेका अथक यस क्षेत्रकै बिकासप्रेमी नेताका रुपमा स्थापित छन । आफ्नो क्षेत्रको विकासमा अहोरात्र खटिने नेताका रुपमा पहिचान बनाएका अथक मन्त्री भएसँगै थप चर्चामा छन । उनले मन्त्रालय सम्हालेको छोटो समयमै खेलकुद क्षेत्रको सुधारकालागि थुप्रै नितिगत निर्णयहरु गराउन सफल भएका छन । अन्य पार्टीभित्र पनि राम्रो छवि बनाएका अथक एक पटक पुनः प्रतिनिधि सभाको उम्मेदवारका रुपमा सिफारीस भएका हुन ।

मन्त्री अथकसँगै नेकपा (माओवादी केन्द्र) ले बाँके क्षेत्र नं. १ को प्रतिनिधिसभा उम्मेदवारकालागि अन्य पाँच जनाको नाम समेत सिफारीस भएको छ । सिफारीस हुनेहरुमा अशोक रोकाया, नरेश पौडेल, कृष्णा केसी (नमुना), ओम प्रकाश के.सी. (प्रयत्न), प्रकाश सुवेदी (चन्द्रकान्त) र नरेन्द्र न्यौपाने रहेका छन ।

  • २७ भाद्र २०७९, सोमबार २०:१८ प्रकाशित
  • Nabintech