८ बैशाख २०८१, शनिबार
नेपालगन्जमा लुम्बिनी प्राबिधिक विश्वबिद्यालयको कार्यालय स्थापना
  • काँचुली खबर

भाद्र १९, नेपालगन्ज । बाँकेको नेपालगन्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालय स्थापना गरीएको छ । बाँकेको खजुरामा विश्वबिद्यालय संचालन गर्ने गरि नेपालगन्जमा केन्द्रीय कार्यालय संचालन गरिएको हो ।

विश्वबिद्यालयको केन्द्रीय कार्यालयको आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले उदघाटन गरेका छन । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले प्रदेशले संचालन गर्न थालेको विश्वबिद्यालयमा राजनीति नगर्न सबैलाई आग्रह गरे । उनले स्थापना हुनु ठुलो कुरा नभएको भन्दै त्यसलाई कार्यान्वयन गर्नु महत्वपूर्ण हुने बताए । विश्वबिद्यालय संचालनमा सबैको सकारात्मक सहयोग आवश्यक रहने बताएका छन ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी स्थयी कमिटी सदस्य तथा पूवर्ज उप-सभामुख पूर्णकुमारी सुबेदीले समाज एकजुट भए जस्तोसुकै काम पनि गर्न सकिने बताइन् । उनले स्थानीयको पहलबाटै खजुरामा क्यान्सर अस्पताल सम्भव भएको उल्लेख गर्दै विश्वबिद्यालयलाई पनि सबैले सहयोग गर्नु पर्नेमा जोड दिईन् ।

शुभकामना मन्तब्य दिदै खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’ ले दक्ष जनशक्ति उत्पादन गर्नका लागि खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना सुरु भएको बताए । ‘यस विश्वविद्यालयले समाजको नेतृत्व गर्ने सभ्य र दक्ष मानव जन्माउने छ,’ विकले भने ।

शिक्षामन्त्री बसुरुद्दीन खाँको सभापतित्वमा भएको कार्यक्रममा विश्वबिद्यालयका उपकुलपति प्रा.डा. बिनोद ढकालले स्वागत गरेका थिए भने रजिष्ट्रार रेग भण्डारीले संचालन गरेका थिए । उदघाटन कार्यक्रममा रजिष्ट्रार रेग भण्डारी, खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिक लगायतले विश्वबिद्यालय संचालनको शुभकामना व्यक्त गरेका थिए । हाललाई विश्वबिद्यालयको केन्द्रीय कार्यालय नेपालगन्जमा स्थापना गरिएपनि विश्वबिद्यालय परिषरमा स्थायी संरचना नबन्दा सम्म खजुरा स्थित जनक शिक्षाको छापाखाना प्रयोजनका लागि बनेको भवन मर्मत गरि स्थानान्तरण गरिने विशवबिद्यालयले जनाएको छ ।

  • १९ भाद्र २०७९, आईतवार २१:५८ प्रकाशित
  • Nabintech