१५ चैत्र २०८०, बिहीबार
काेहलपुरमा यौनिकता शिक्षा सम्बन्धि कार्यक्रम सञ्चालन
  • काँचुली खबर

भाद्र १८, कोहलपुर । बाँकेकाे काेहलपुर १० मा रहेकाे त्रिभुवन नमुना माविमा याैनिक शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरीएकाे छ । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपाल हेल्थ कर्प्स टीम.एन.जि.एम.सि को संयुक्त साझेदारीमा काेहलपुरमा पहिलाे पटक यौनिकता सम्बन्धि शिक्षा कार्यक्रम सञ्चालन गरिएको हाे ।

नेपाल हेल्थ कर्प्सको नियमित कार्यक्रम अन्तर्गत प्रोजेक्ट पाईला नाम दिएर त्रिभुवन माविकाे कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रममा यौन अबस्था, यौन अबस्थामा आउने परिवर्तन, महिनावारी र यसका समस्या, प्रजनन एवं यौन उत्पीडनका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । साथै किशाेर अवस्थामा हुने गर्भपतन, बालविवाहले महिलाहरुको प्रजननमा निम्त्याउने असर र शुरक्षित महिनावारीका बारेमा प्राध्यापक डा. मिता सिंहले छात्र र छात्राहरुलाई अभिमुखिकरण गरेकी थिईन ।

कार्यक्रममा मेडिकल कलेजका स्त्री तथा प्रजनन रोग विभागका विभागीय प्रमुख विशेषज्ञ प्राध्यापक डा. मिता सिंङ, स्त्री रोग विभागकै विशेषज्ञ प्रा. डा. राजश्री झा, कम्युनिटी मेडिसिन विभागका डा. मेरिना श्रेष्ठले अभिमुखिकरण गरेका थिए ।

कार्यक्रम प्रभावकारी रहेको र यसबाट विद्यार्थी भाइ बहिनीहरुले आफुले भोगेका समस्याहरु, रजश्वलाबारे र प्रजनन सम्बन्धि कुराहरुबारे जानकार हुन पाएको विद्यालयका प्रधानाध्यापक देवका थापाले प्रतिक्रिया दिईन । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष गौरा कुमारी भट्टराईले यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको भन्दै वडा र नगरपालिकाबाट समेत युवा लक्षित कार्यक्रमहरु सञ्चालन हुँदै आएकाे बताईन ।

विद्यालयमा मेडिकल कलेजको सहयोगमा प्यागोडा ई. प्रा. लि. को प्रायोजकमा स्यानिटरी प्याड र भेन्डिङ बक्सको समेत हस्तान्तरण भएको डा. आयुष विष्टले बताईन । कार्यक्रममा स्वास्थ्य सम्बन्धि समस्या रहेका विद्यार्थीहरुलाई स्वास्थ्य कार्ड समेत वितरण गरिएको थियो, जसबाट मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिनु परेमा विशेष छुटको व्यवस्था हुने बताईएकाे छ ।

किसोर किसोरी लक्षित यस्ता कार्यक्रमहरुलाई आगााि दिनमा समेत निरन्तरता दिनुपर्ने कार्यक्रम संयोजक तथा शिक्षण अस्पतालमा एम.बि.बि.एस तेस्रो वर्षमा अध्यनरत विद्यार्थी आशिष पाण्

  • १९ भाद्र २०७९, आईतवार १२:५६ प्रकाशित
  • Nabintech