८ बैशाख २०८१, शनिबार
बाँकेबाट आरजु राणासहित काँग्रेस उपसभापति र सहमहामन्त्रीको नाम सिफारिस
  • काँचुली खबर

भदौ १६, कोहलपुर । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको नाम बाँकेको क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस भएको छ । उनीसँगै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री किशोरसिंह राठौंरको नाम पनि बाँकेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरीएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी राणाको नाम कैलाली-५ बाट समेत सिफारिस भएको छ भने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत-१ बाट समेत सिफारीस भएको छ । २०७४ को चुनावमा राणा कैलाली-५ मा करिब ५ हजार मतान्तरले पराजित भएकी थिइन् ।

त्यसबाहेक, राणाले चुनाव लड्नका लागि कञ्चनपुर-३ र बर्दियाका निर्वाचन क्षेत्रका बारेमा पनि चासो राखिरहेकी छन् । प्रधानमन्त्री देउवा यसपटक जसरी पनि आरजु रणालाई प्रतिनिधि सभा सदस्य बनाउने रणनीतिमा रहेको कांग्रेसका नेताहरू बताउँछन् ।

उनीहरू ३ जनासहित बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि ११ जनाको नाम बिहीवार सिफारिस भएको छ ।

बाँके क्षेत्र नम्बर-३ बाट कांग्रेसका नेताहरू बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि सिफारिस भएको छ ।

  • १६ भाद्र २०७९, बिहीबार २२:१२ प्रकाशित
  • Nabintech