६ बैशाख २०८१, बिहीबार
टिनको छाना विस्थापित अभियान : मन्त्री अथकद्धारा ३ वटा विद्यालय भवनको उद्घाटन

निर्वाचन क्षेत्रलाई शैक्षिक हबका रुपमा बिकास गर्ने मन्त्री अथकको उद्घोष

  • काँचुली खबर

भाद्र १६, बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गरेका छन । बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्तर्गत निर्माण भएका विद्यालय भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले बाँके निर्वाचन क्षेत्र नं. १ का विद्यालयहरुमा प्राविधिकधारका विषयहरु विस्तार गरी शैक्षिक हबका रुपमा बिकास गर्ने उद्धेश्य लिएको बताएका हुन ।

मन्त्री अथकले बिहिबार एकैदिन ३ वटा विद्यालयमा निर्मित भवनको उद्घाटन गरेका छन । टिनका छाना बिस्तापित गर्ने र पक्की भवन स्थापित गर्ने अभियान अन्तरर्गत राप्ती सोनारी गाँउपालिकाका बिभिन्न वडाका ३ वटा बिद्यालय भवन उद्घाटन गरिएको हो ।

जस अन्र्तगत मन्त्री अथकले राप्तीसोनारी ६ को जनसिद्धेश्वर बहुमुखी क्याम्पसको १५ कोठे भवन उद्घाटन गरेका हुन । त्यसैगरी राप्तीसोनारी ६ कमैया डाँडामा रहेको सु-कमैया आधारभुत बिद्यालयको २ कोठे भवन तथा राप्ती सोनारी ३ भवानियापुरमा रहेको सरस्वती माबिको ८ कोठे पक्की भवनको समेत उद्घाटन गरीएको छ ।

नवनिर्मित भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयहरुमा टिनको छाना हटाई १०० वटा पक्की कोठाहरु निर्माण गराउन सफल भएको बताए । उनले ५००० (पाँच हजार) भन्दा बढि विद्यार्थिहरुलाई पक्की भवनमा ल्याउन सफल भएको भन्दै आगामी दिनमा उक्त अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाए । मन्त्री अथकले संघिय सांसदमा निर्वाचित भए लगतै आफ्नो निर्वाचन क्षेत्रमा टिनको छानो बिस्थापन अभियान सञ्चालन गर्दै आएका छन ।

शिक्षा क्षेत्रको सुधार नगरी समग्र बिकासले गति नलिने भन्दै मन्त्री अथकले आफ्नो मुख्य प्राथामिकतामा शिक्षा रहेतापनि आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासमा केन्द्रित हुने प्रतिवद्धता जनाए । हरेक विद्यालयलाई प्राविधिकधारमा लैजानुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अथकले पहिलो चरणमा निर्वाचन क्षेत्रका तिन वटै पालिकाका ४ वटा विद्यालयमा कृषि र सिभिल ईन्जिजियर तर्फको पठनपाठन सुभारम्भ गरीएको बताए । उनले बाँके जिल्लाको समग्र बिकासका लागी आफु लागी पर्ने बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं नेकपा लुम्बिनी प्रदेश संसदीय दलको सचेतक पार्वती पुन (उषा), प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष, पत्रकार र स्थानीयको सहभागीता रहेको थियो ।

  • १६ भाद्र २०७९, बिहीबार १८:२० प्रकाशित
  • Nabintech