१३ बैशाख २०८१, बिहीबार
मन्त्री अथकद्वारा बालापुरमा डिप ट्युववेलकाे उद्घाटन
  • काँचुली खबर

भाद्र ११, काेहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेकाे राप्तीसोनारी ८ बालापुरमा सिचाईकालागि निर्माण गरीएकाे डिप ट्युवेलकाे उद्घाटन गरेका छन । शुक्रबार गृहजिल्ला बाँके आएका मन्त्री अथकले १ कराेड लागतमा निर्माण गरीएकाे डिप ट्युवेलकाे उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बाेल्दै मन्त्री अथकले राप्तिसाेनारीलाई कृर्षि र पर्यटन क्षेत्रका रुपमा बिकास गर्दै लगिने बताए । उनले सिचाई सुबिधा भएपछि बालापुर क्षेत्रलाई अर्गानिक तरकारी उत्पादन गर्ने केन्द्रका रुपमा बिकास गनु पर्ने धारणा राखे ।

बाँके राष्ट्रिय निकुञ्जको बफर जोन भित्र पर्ने सो क्षेत्रमा वन्यजन्तुबाट हुने सक्ने जोखिमबाट सचेत हुनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले सो क्षेत्रमा उत्पादित अर्गानिक कृर्षि उपज कोहलपुर र नेपालंजको तारे होटलमा बिक्रि गर्न सकिने बताए ।

जनप्रतिनिधीहरुले बिकासका ढोका खोलिदिने काम गर्नुपर्ने बताउदै उनले बिकासलाई स्थानिय जनताले सदुपयोग गर्न सक्नु पर्ने बताए । बालापुर क्षेत्रमा डिप ट्युववेल, बिद्यालय भवन, तटबन्ध लगायतका संरचना निर्माणका लागी पहल गरेका मन्त्री अथकले राप्तीसोनारी ८ नं वडालाई समेटने गरि ११ किलो मिटर लामो रिङरोड निर्माणका लागी समेत पहल भईरहेको बताए ।

उनले आफु जनप्रतिनिधीका रुपमा रहदा र नरहे पनि एक राजनैतिक नेतृत्वका हिसावले पनि जनताको बिकासको चाहनालाई पुरा गर्न अहोरात्र खटिरहने प्रतिबद्धता व्यक्त गरेका छन । आफ्नो मन्त्री र सांसदको पदाअवधि छोटो रहेको र फेरी पनि जनप्रतिधी बन्न सक्ने तर्फ संकेत गर्दै उनले बाँकी कामहरु आगामी कार्याकालमा समेत ईमान्दारीता पुर्वक पुरा गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेश सभा सदस्य पार्वती पुन उषा, राप्ती सोनारी ८ का अध्यक्ष सालिक राम डाँगीले लागयतले संघिय सांसद र मन्त्रीका रुपमा अथकले सो क्षेत्रको बिकासका लागी महत्वपुर्ण योगदान गरेको चर्चा गरेका थिए ।

१ करोडका लागतमा निर्माण सम्पन्न भएको सिंचाई आयोजनाले बालापुर गाउँका १५० बढि किसानकाे झण्डै ९० विगाह जमिनमा सिचाई सुविधा पुग्ने बताईएको छ ।
आकासे पानीको भरमा सिचाई गर्न बाध्य बालापुरका किसानहरुलाई डिप ट्युववेल सिंचाई आयोजनाले निकै राहात भएको स्थानिय हिम लाल डाँगीले बताए । उनले मुश्किलले १ बाली मात्रै खेती हुने सो स्थानमा अव सहजै ३ बाली सम्म खेती गर्न सकिने बताए ।

  • ११ भाद्र २०७९, शनिबार ०७:४६ प्रकाशित
  • Nabintech