४ बैशाख २०८१, मंगलवार
कसले दल्यो कोहलपुर खानेपानीका अध्यक्षलाई कालोमोसो ?
  • पुष्पराज हमाल

साउन २३, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई एक समुहले कालोमोसो दलेको छ ।

सोमबार दिउँसो कार्यालय समयमा आएका ४ जनाको अज्ञात समुहले मल्ललाई कालो मोसो दलेको हो । स्रोतका अनुसार खानेपानीको बिषयमा अध्यक्षसँग कुरा गर्नु छ भन्दै कार्यालयमा आएका ४ जनाले मल्ललाई कालोमोसो दलर फरार भएका हुन ।

कालो मोसो दल्ने समुहको खोजी भई रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • २३ श्रावण २०७९, सोमबार १९:४० प्रकाशित
  • Nabintech