नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले संचालन गरेको निर्वाचन लक्षित संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियानलाई तिब्रता दिएको छ ।
सोमबार पनि नेपालगन्जका विभिन्न वडाहरुमा कार्यक्रमहरु सम्पन्न भएका छन । यसैक्रममा आज नेपालगन्जको ३ नम्बर वडामा विभिन्न तीनवटा जनवर्गीय संगठनहरु निर्माण गरिएको १ नम्बर टोलीका संयोजक वसन्त मल्लले जानकारी दिए ।
मल्लका अनुसार सो वडामा आज मुश्लिम मुक्तिमोर्चा, मधेसी मुक्तिमोर्चा र दलित मुक्तिमोर्चाका वडास्तरिय कमिटी गठन गरिएको छ ।
मोहम्मद इरसाद अन्सारीको अध्यक्षतामा ११ सदस्यीय मुश्लिम मुक्तिमोर्चा गठन गरिएको छ । जसको उपाध्यक्षमा रानी सा, सचिबमा खलिल अन्सारी, कोषाध्यक्ष रिजवान सिद्दिकी, सदस्यहरुमा क्रमशः मैवुक अलि इद्रीसी, रिजवान सिद्दिकी, रिजवाना हलवाई, कम्रनिसा अन्सारी, आशा हलवाई, जुबेदा हलवाई र सलमान अन्सारी रहेका छन ।
त्यसैगरी, आशिष् गुप्ताको अध्यक्षतामा ११ सदस्यीय मधेसी मुक्तिमोर्चा गठन गरिएको छ । जसको उपाध्यक्षमा उर्मिला पटहर, सचिबमा मितु गुप्ता, कोषाध्यक्ष धर्मराज गुप्ता, सदस्यहरुमा मुस्कान गुप्ता, सम्झना गुप्ता, बिजया नाग, राकेस कनौजिया, माया धोबी, बिन्दु कुमाल र राहुल गुप्ता रहेको मल्लले जानकारी दिए । लक्ष्मी धोबीको नेतृत्वमा ९ सदस्यीय दलित मुक्तिमोर्चा गठन गरिएको छ ।
कार्यक्रमलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नवीन शर्मा, नगर अध्यक्ष रतन शाही, उपाध्यक्ष वसन्त मल्ल, सहसचिव नन्दलाल वैश्य, कोषाध्यक्ष कश्मिरा खातुन, ३ नम्बर वडाका अध्यक्ष अयुव सिद्दिकी लगायतले सम्बोधन गरेका थिए ।
निर्वाचन लक्षित कार्यक्रम अनुसार माओवादी नेपालगन्जले उपमहानगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियानका लागि विभिन्न ३ वटा टोली परिचालित गरेको नगर सचिब प्रेम शाहले जानकारी दिए । पार्टीको उपमहानगर कमिटीका उपाध्यक्ष बसन्त मल्ल, तारा प्रसाद खत्री र गोपाल पुनको नेतृत्वमा तीनवटा टोली परिचालित गरिएको उनले बताए ।
२३ फाल्गुन २०७८, सोमबार १७:५१ प्रकाशित