नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीको संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियान अन्तर्गत सोमबार नेपालगन्जमा पुर्व जनमुक्ति सेनाको कमिटी गठन गरिएको छ ।
पुर्व जनमुक्ति सेना नेपालगन्ज उपमहानगरको प्रथम भेलाबाट पदम गहतराज (आकास)को नेतृत्वमा २५ सदस्यीय उपमहानगर कमिटी गठन गरिएको माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीका सचिव प्रेम शाहले जानकारी दिए । २५ सदस्यीय कमिटीमा हाल २० जनालाई चयन गरिएको र ५ जना पछि थपिने उनले जानकारी दिए ।
कमिटीको उपाध्यक्षमा अनुज लामिछाने र अनुज मिश्र, सचिबमा अजमेर साई, सहसचिब मान बहादुर कार्की, कोषाध्यक्षमा सानू शाही चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा जनक कार्की, जीवन मल्ल, बिर्ख रोकाया, पानकला रोकाया, कृष्णकला कार्की, गोमती वर्मा, सुकै वर्मा, भक्त बहादुर कार्की, बिरबल भियाल, मान बहादुर बोहोरा, सरिता बिक बोहोरा, पारस गोराथोकी, आशारानी थारु र धन बहादुर थारु चयन भएको शाहले जानकारी दिए ।
भेलालाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा पुर्व जनमुक्ति सेनाका कमान्डर डिल्ली बराल, नगर अध्यक्ष रतन शाही, उपाध्यक्ष ताराप्रसाद खत्री, सचिब प्रेम शाह, सहसचिव नन्दलाल वैश्य, कोषाध्यक्ष कश्मिरा खातुन लगायतले सम्बोधन गरेका थिए । भेलामा नेपालगन्ज उपमहानगरका विभिन्न वडाबाट पुर्व जनमुक्ति सेनाहरु उपस्थित रहेका थिए ।
२३ फाल्गुन २०७८, सोमबार १५:५९ प्रकाशित