मधेसी राष्ट्रिय मुक्तिमोर्चाको नेपालगन्ज अध्यक्षमा वर्मा
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले संचालन गरेको निर्वाचन लक्षित संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियानलाई तिब्रता दिएको छ ।

यसै क्रममा मंगलबार मधेसी राष्ट्रिय मुक्तिमोर्चाको नेपालगन्ज उपमहानगर कमिटी निर्माण गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

राकेश वर्माको नेतृत्वमा ५१ सदस्यीय मधेसी मुक्तिमोर्चाको नेपालगन्ज उपमहानगर कमिटी निर्माण गरिएको माओवादी केन्द्रका नगर अध्यक्ष रतन शाहीले जानकारी दिए ।

कमिटीको उपाध्यक्षमा राममिलन नेपाली, सीमा वैश्य र कुवर सिंह, सचिबमा अनिल मिश्र, सहसचिव पंकज गुप्ता, राज कश्यप र रेखा वर्मा तथा कोषाध्यक्षमा नन्दकिशोर कश्यप चयन भएको शाहीले जानकारी दिए ।

कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अतहर हुसेन फारुकी, प्रदेश सदस्य नवीन शर्मा, डिल्ली बराल, जगदिस बहादुर सिंह, जिल्ला समन्वय समिती सदस्य आदेश अग्रवाल, नेपालगन्ज नगर अध्यक्ष रतन शाही, उपाध्यक्ष वसन्त मल्ल, तारा प्रसाद खत्री, गोपाल पुन, सहसचिव नन्दलाल वैश्य, कोषाध्यक्ष कश्मीरा खातुन, अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य प्रेमलाल सापकोटा, नेता रक्षाराम वर्मा लगायतले सम्बोधन गरेका थिए ।

  • २५ फाल्गुन २०७८, बुधबार ०८:२१ प्रकाशित
  • Nabintech