१३ बैशाख २०८१, बिहीबार
वडा प्रहरीले बरामद गर्‍यो अबैध मलेसियन कुखुरा र हाँसको मासु
  • काँचुली खबर

नेपाल भारत सिमा नाका भएर नेपालभित्र अवैध मलेसियन कुखुरा र हाँसको मासु भित्रीने गरेको तथ्य फेला परेको छ ।

हालसम्म अबैध भारतीय कुखुरा र हाँसको मासु बरामद गर्दै आएको प्रहरीले शुक्रवार बरामद गरेको कुखुरा र हाँसको मासु मलेसियन भएको बताएको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जले शुक्रवार बाँकेको जानकी गाउँपालिकाबाट भारततर्फ बाट नेपालगन्ज ल्याउदै गरेको बेवारिसे अबैध कुखुरा र हाँसको मासु बरामद गरेपछि सो मासु मलेसियन भएको पुष्टि भएको हो ।

जानकी गाउँपालिका वडा नम्बर १ साईगाउँ नजिकबाट भन्सार तथा क्वारेन्टाइन छली चोरी पैठारी गरी भारततर्फ बाट नेपालगन्जतर्फ ल्याउदै गरेको बेवारिसे अबैध मलेसियन कुखुरा र हाँसको मासु बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काले जानकारी दिए ।

९ वटा कार्टुनमा (प्रति कार्टुन ४५ किलोको दरले) ४ क्वीन्टल ५ किलो ब्रोईलर कुखुराको बोनलेस तैयारी मासु र ५ वटा कार्टुनमा (प्रति कार्टुन २८ किलोको दरले) १ क्वीन्टल ४० किलो तैयारी अवस्थाको सिङ्गो हाँसको मासु (Product Of Malaysia लेखेको) बरामद गरेको खड्काले बताए ।

बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको उक्त मासु आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

पछिल्लो समयमा वडा प्रहरी कार्यालयले नेपाल-भारत सिमा नाका हुँदै नेपालगन्ज भित्रिने अबैध पशुपन्छी तथा मासु उल्लेख्य रुपमा बरामद गर्दै आएको छ ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १४:४३ प्रकाशित
  • Nabintech