१३ बैशाख २०८१, बिहीबार
शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षामन्त्री पौडेल
  • काँचुली खबर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन । शनिबार काठमाडौं आयोजित एशोसियएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन ।

बाल्यावस्थामा बालबालिको सर्वाङगिक विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरुको पनि जिम्मेवारी हुने उनको भनाइ छ ।

‘बाल्यावस्थामा अनुसासन, शिक्षा, र सस्कार सिकाउने कुरा हुन्छ’, उनले भने, ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो ।’

बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिलाहरु नै अघि भएको बताउँदै पेशामा लाग्नेहरुलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

‘तपाईंहरुका अप्ठ्याराहरु छन् मैले बुझ्छु’ उनले भने, ‘तोकिएको तलब तथा अन्यसमस्याहरु मन्त्रालयले समाधान गर्छ ।’

मन्त्री पौडेलले बालविकासका शिक्षकहरुलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहहरुसँग समन्वय गरिरहेको बताए । कार्यक्रममा देशका उत्कृष्ट प्रि-स्कुललाई अवार्ड प्रदान गरिएको थियो ।

  • २४ पुष २०७८, शनिबार १६:३६ प्रकाशित
  • Nabintech