२२ मंसिर २०८०, शुक्रबार
निर्वाचन आयोगमा उपेन्द्र यादवको पक्षमा बहुमत जुट्यो
  • काँचुली खबर

जसपाको अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए ।

उनले भने, ‘हाम्रो पक्षमा अत्यधिक बहुमत देखिएको छ । अहिलेसम्म ३४ जनाको हस्ताक्षर हाम्रो पक्षमा भएको छ, केही आउने क्रम जारी छ ।’

सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको थियो ।

सोही विवादका बीच ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो ।

तर, पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरुपण आयोगले आज ‘हेड काउन्ट’ मार्फत गरिरहेको हो ।

यादव पक्षलाई ठाकुर पक्षका नेताले समेत आयोगमा पुगेर ‘हेड काउन्ट’ मा सघाएका छन् ।

  • ११ श्रावण २०७८, सोमबार १३:१५ प्रकाशित
  • Nabintech