बाँकेमा नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले बाँकेको नेपालगन्जमा ‘शक्ति प्रर्दशन’ गरेको छ । संसद विघटनको विरोधमा मंगलबार नेपालगन्जमा शक्ति प्रदर्शन सहितको बिरोध र्याली गरीएको हो ।

जिल्लाका बिभिन्न स्थानबाट नेपालगन्ज केन्द्रित भएका नेकपाका नेता कार्यकर्ताहरु सहित स्थानिय पुस्पलाल चोकबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै त्रिभुवन चोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा नेकपाका केन्द्रिय सदस्य तथा साँसद महेश्वर गहतराज अथक, पुर्व राज्य मन्त्री दलबहादुर परियार, नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, सचिव अशोक कोईराला लगाएत नेताहरुले प्रधानमन्त्रीको संविधान विपरित तानाशाही प्रवृत्तिको बिरोधकालागि सडकमा आउनुपरेको बताएका थिए ।

प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।