मानव बेचविखन विरुद्ध वडा स्तरीय अभिमुखीकरण सुरु

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागी वडा स्तरीय अभिमुकरण बुधबारदेखि कोहलपुरमा सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजना युसएडको सहयोग तथा माइती नेपाल नेपालगन्ज विन रक र युके एडको सहकार्यमा सुरु भएको ४ दिने अभिमुखिकरणमा कोहलपुर नगरपालिकाका वडा नं. १ देखि १५ सम्मका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागीता रहेको छ ।

कार्यक्रममा पुस ८ र ९ गते वडा नं. १ देखि ११ र १० र ११ गते वडा नं. १२ देखि १५ नं. वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार, मानव बेचबिखन जोखिम तथा नीति मानव बेचबिखन सम्बन्धि कानुनी व्यवस्थाका विषयमा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला, अधिकारकर्मी प्रकाश उपाध्याय, कमला पन्त लगायतले सहजीकरण गरिरहेका छ्न ।