बालापुरमा होम-स्टे सँचालन (फोटोफिचर)

राप्तीसोनारी वडा नं. ८ बालापुरमा बालापुर सामुदायिक होम-स्टेको उद्धघाटन भएको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले आइतबार एक औपचारिक कार्यक्रम मार्फत उद्घघाटन गरेपछी होम-स्टे औपचारिक रुपले सुरुवात भएको छ ।

राप्तीको रुकुम जिल्लाका अधिकाँस मानिसहरुको बसोवास रहेको बालापुर गाँउ निकुञ्जसँगै जोडिएको बफरजन क्षेत्रमा पर्दछ । ३६५ घरधुरी रहेको उक्त गाऊँमा हाललाई ५ वटा घरबाट सुरुवात गरिएको बालापुर सामुदायिक होम-स्टे ब्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बिष्टले जानकारी दिए ।

अध्यक्ष बिष्टका अनुसार आफ्नो गाऊँको होम-स्टेमा विशेष गरि अर्गानिक तरकारीका साथै लोकल कुखुरा कोदाको रोटी ढीडो लगायतका पाहाडी खान्कीको ब्यवस्था रहेको छ । साथै जँगलको बिचमा रहेको शान्त र सुन्दर गाँउमा रहेको बालापुर होम-स्टेमा रुकुमेली मयुर नाच सिँगारू नाच लगायतका नृत्यहरु प्रस्तुत गरि पर्यटकलाई आकर्षण गरिने पनि आयोजकले बताएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै बाँके क्षेत्र नं. १ का सँघिय साँसद महेश्वर गहतराज अथकले यश होम-स्टेलाई नमुना होम-स्टेको रुमा बिकास गर्न सबैको सहकार्य हुनुपर्ने बताए । उनले बालापुरमा होम-स्टे सँचालन गर्ने आफ्नो सोच रहेको र पहल पनि गरेकाले आफ्नो सोच साकार भएको भन्दै खुसी ब्यक्त गरे । होम स्टेको बिकासकालागि आफु अग्रपँक्तिमा रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संविधान सभा सदस्य अशोक रोकाय लुम्बिनी प्रदेश सभा सदस्य पार्वती पुन उषा बाँके राष्ट्रिय निकुन्ज बाँकेका प्रमुख श्याम कुमार शाहा वडा नं. ८ का वडाध्यक्ष खुम बहादुर बस्नेत लगायतले होम-स्टेलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बालापुर सामुदायिक होम-स्टे ब्यवस्थापन समितिका अध्यक्षता लोकेन्द्र बिष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानिय साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।