घुम्नैपर्ने पाँचपोखरी (फोटो फिचर)

सिन्धुपाल्चोक जिल्लामा रहेको पाँचपोखरी अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ । परम्पराग तामाङ् बस्तीको अवलोकन तथा प्राकृतिक र पर्यावरणीय पदयात्रा दृष्टिले यो क्षेत्र निकै आकर्षक मानिन्छ ।

विश्वका नौवटा उच्च क्षेत्रमा रहेका सिमसारमध्ये पाँचपोखरी पनि पर्न आउँछ । जुन करीब चार हजार एकसय मिटरको उचाइमा रहेको छ । यो क्षेत्रमा जनैपूर्णीमाका बेला हिन्दू तथा बौद्ध धर्मावलम्बीको मेला लाग्ने गर्छ ।

यो क्षेत्रमा पुग्न सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतराबाट सानो ओर्खिन हुँदै र अर्को मेलाम्चीबाट भोटाङ गाउँ हुँदै पुग्न सकिन्छ । चौतारा बाट मेलम्ची जुन रूटबाट गए पनि पाँच पोखरी पुग्न तीन दिन लाग्छ । सो क्षेत्रको रमणीय दृश्य तथा वनस्पतिहरुलाई महिला आरोही माया गुरुङले क्यामेरामा कैद गरेकी छन । १० तस्बिरमा हेर्नुहोस पाँचपोखरीको सुन्दरता ।

 

 

तस्बीर सौजन्य : माया गुरुङ