कानुनमै बलात्कारीलाई फाँसीको ब्यवस्था गर्न माग

नेपाली समाजमा बढ्दै गएको बलात्कार तथा यौनहिंसा जस्तो जघन्य अपराधको बिरोधमा कोहलपुरका युवायुवतीहरुले र्याली निकालेका छन । बिहिबार बेलुका सचेत युवा समूह कोहलपुरको नेतृत्वमा कोहलपुरका युवायुवतीहरुले शान्तिपूर्ण र्याली तथा कोणसभाको आयोजना गरेका हुन ।

कोहलपुर न्युरोडबाट सुरु भएको र्यालीमा सहभागी युवायुवतीहरुले नेपालको कानुन सच्याएर भएपनि बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए । ‘बलात्कारीलाई फाँसी दे’ लेखिएको प्लेकार्ड सहित स्थानिय युवायुवतीहरु सहभागी र्याली कोहलपुर न्युरोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने युवायुवतीहरुले वर्तमान संविधानको धारा संसोधन गरेरै भएपनि बलात्कारीलाई फाँसी वा हदैसम्मको कारवाही हुनुपर्ने जिकिर गरेका थिए । युवाशक्तिकै कारण विभिन्न समयमा ठुलाठुला परिवर्तनहरु भएको जिकिर गर्दै उनिहरुले महिलाहिंसा तथा बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अपराधिहरुलाई हदैसम्म कारवाहीकालागि राजयले दवाव सृजना गर्नुपर्ने आवश्यक बढ्दै गएको बताएका थिए ।

दिनहुँ जसो हुने यौन हिंसा तथा बलात्कार सम्बन्धी जघन्य अपराधका घटनाका विरुद्ध सचेतना तथा खबरदारी गर्ने उद्धेश्यले आयोजना गरीएको कार्यक्रममा कोहलपुरका सचेत युवायुवतीहरुले स्वतस्फुर्त रुपमा सहभागीता जनाएको कार्यक्रमकी अभियन्ता कृतिका आचार्यले जानकारी दिए ।