जाडो छल्न नेपाल आइपुगे मौसमी चराहरू

सुनजुरे हाँस

नेपालमा जाडो र गर्मी याममा चीन, तिब्बत, श्रीलङ्का, इण्डोनेसिया, भारत र साइबेरीया लगायतका देशबाट चराहरू आउने गरेका छन् । नेपालमा ८ सय ८७ प्रजातिको चरा रहेका बताइन्छ ।

चितवनमा देखिएको चखेवा चखेवीको जोडी ।

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको फोटो खिच्न मन पराउने लजित कृष्ण श्रेष्ठले ‍चितवनमा धेरै वर्षदेखि देखिन छाडेको चराको फोटो आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन् । उनले गङ्गाचिलथुडे फ्यालफ्याले र खर बट्टाई चराको फोटो खिचेका छन् । फ्यालफ्याले नेपालमा ३७ वर्षपछि देखिएको बताइएको छ । लजित कृष्ण श्रेष्ठले चितवनको नदी तटीय क्षेत्र मैघौली सिसुवाको धान खेतमा उक्त चरा फेला पारेको थिए । यो चरा समुद्र नजिक बसोबास गर्दछ ।

खर बट्टाई १९ वर्षपछि देखिएको बर्ड एजुकेसन नेपालको सदस्य समेत रहेका लजित कृष्ण श्रेष्ठ बताउँछन् । अति दुर्लभ मानिने खर बट्टाइ चरा सौरहाको कुमरोज मध्यवर्ति सामुदायिक बनको घासे मैदानमा फेला परेको थियो । यो चरा वर्षायाममा देखिन्छ । बासस्थानको अभावले यो चरा देखिन छाडेको बताइन्छ ।

चितवनको मेघौली स्थित एक पर्यटकीय होटलको बगैँचा नेपालमा नै नयाँ प्रजातिको चरा फेला परेको छ । चितवनको मेघौलीस्थित एक होटलको बगैँचामा देखिएको स्ट्रोइलाटेड बन्टिङ चरा । सन् २०१८ मा उक्त चराको तस्बिर पहिलोपटक होटलका कर्मचारी करण गिरीले खिचेका थिए । नेपालको चराहरूको विवरण राख्ने पक्षीविद् क्यारोल ईन्सकिप र स्वदेशी विज्ञहरूलाई उक्त चराको फोटो देखाएपछि उक्त चरा नेपालको लागि नयाँ भएको पक्का गरिएको हो ।

बन टिकिकाइ चरा चितवनको सौराहामा देखिएको छ । यो यसअघि सन् २०१६ मा देखिएको पक्षी विज्ञहरूले बताएका छन् । यो दुर्लभ चराको सूचीमा पर्ने विज्ञहरू बताउँछन् ।

– वीवीसीबाट