बुधबार एकैदिन बाँकेबाट ७३ जना डिस्चार्ज

बाँकेमा एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित डिस्चार्ज भएका छन । कोरोना संक्रमित भएर जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा बस्दै आएका ७३ जना निको भएर डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या एक हजार ३ सय ३७ पुगेको छ । जिल्लाका विभिन्न आइसोलेसन तथा होमआइसोलेसनमा अझैं ३ सय २६ जना संक्रमितको उपचार भईरहेको छ ।

जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय ७४ पुग्दा संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । बाँकेमा विरामीको निको हुने दर ७९।८७ प्रतिशत रहेको छ ।

तस्बिर : पूर्ण ढकालको फेलबुकबाट