कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना संक्रमित ६४ वर्षिय पुरुषको मृत्यु भएको हो ।

बर्दिया ठाकुरबाबा नगरपालिका निवासी कोरोना पोजेटिभ ती पुरुषको स्वास्थ्य अवस्थामा समस्या आएपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याईएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार  उनको मङ्गलबार बेलुका मृत्यु भएको हो ।

यो सँगै कोरोना कारण उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यसअघि बर्दियाका १, सुर्खेत, अछाम, कैलाली र अर्घाखाँचीका एकएक जना गरि ५ जनाको मृत्यु भईसकेको छ ।