चिकित्सकसहित बाँकेका १२ मा कोरोना पुष्टि

मंगलबार भेरी अस्पताल नेपालगन्जका दुई चिकित्सक सहित २९ जनामा कोरोना संक्रमण देखीएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरीएको परिक्षणमा बाँकेका १२ र बर्दियाका १६ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा र अर्का एक चिकित्सक सहित अन्य १२ जनामा संक्तमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ८ जना नेपालगन्जका, राप्तीसोनारीका २, खजुराका १ र कैलाली लम्कीचुहाका १ जना रहेका छन ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापा पनि कोरोना संक्रमित

त्यसैगरी बर्दियाको बारबर्दिया, गुलरीया, राजपुर र गेरुवाका १६ जनामा समेत संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा २०० जनाको स्वाव परिक्षण गरीएकोमा २९ जनामा संक्तमण पुष्टि भएके भेरी अस्पतालले जनाएको छ ।