संविधान दिवसको दिन बिनौनामा बत्ती बल्यो

बाँकेको दुर्गम क्षेत्रका रुपमा चित्रण हुँदै आएको बिनौनामा पहिलो पटक बत्ति बलेको छ । बाँकेमा विद्युतिकरण सुभारम्भ भएको ४६ वर्षपछि बिनौनावासीले बत्ति बाल्न पाएका हुन ।

शनिबार संविधान दिवसका अवसरमा बिनौनामा पहिलो पटक विद्युत प्राधिकरण अन्तर्गत राष्ट्रिय प्रशारण लाईनको बत्ति बलेको हो । बाँके क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज ‘अथक’ को उपस्थितीमा स्थानिय जेष्ठ नागरिक ८० वर्षिया हिरा देबी खड्काले बत्तीको स्विच अन गरेर विद्युतिकरणको सुभारम्भ गरीन ।

त्यस अवसरमा ५ नं. प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’, नेकपा ५ नं. प्रदेस कमिटि सदस्य पट्टु थारु, नेकपा क्षेत्र नं. १ समन्वय समितिका सँयोजक सुर्य ढकाल लगायतको सहभागिता रहेको थियो ।